धादिङमा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि

Avatar photo
Dhadingpost
सोमवार, साउन १८, २०७८

धादिङ साउन १८ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५५ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा १७, गल्छीमा १, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा ६, गंगाजमुनामा ३, थाक्रेमा १०, धादिङ हस्पिटलमा १७ गरी ५५ जना छन् । यहि अवधिमा धादिङमा डिस्चार्ज हुनेको संख्या ७० छ ।

जिल्लाको सक्रिय केस ४६८ पुगेको छ । जिल्ला हस्पिटल आइशोेलेसनमा ९, संस्थागत आइशोलेसनमा २ र होम आइशोलेसनमा ४५७ रहेका छन् । जिल्लामा आज १८ स्वाब संकलन भएको छ । १४३ एनटीजेन परिक्षण मध्ये ३२ पोजिटिभ आएको छ ।

यो पछिल्लो २४ घण्टाको अवधिमा देशभरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९९ हजार ६४९ र एन्टिजेनबाट ६२ हजार ७८३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।