
धादिङ साउन १८ । धादिङका अधिकाँश विद्यालयहरुले भौतिक उपस्थितिमा रुपमा कक्षा संचालन गरि रहेको भन्ने धादिङपोष्टको पटक पटकको समाचार पछि जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा कक्षा संचालन नगर्न निर्देशन जारी गरेको छ ।
जिल्लाका सबै स्थानीय तहलाई लक्ष्यित गरि जिल्ला प्रशासनले, कोरोना रोकथामका लागि हाल निषेधाज्ञा जारी नै रहेको आवस्थामा केहि स्थानीय तह तथा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रमहरु संचालन गरेको भन्ने बुझिन आएको र उक्त क्रियाकलापले संक्रमण फैलन सक्ने सम्भावना भएकोले उक्त क्रियाकलाप प्रचलित कानुन बमोजिम दण्डनीय हुने आदेश गरेको छ ।
धादिङपोष्टले एउटै विद्यालयका ६ जना शिक्षक संक्रमित भएको, जिल्लाका अधिकांश विद्यालय संचालनमा आएको जसले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरोकारवालाहरु ध्यानाकर्षण गराउने गरि समाचार लेख्दै आएका थियो ।

