धादिङमा सम्बन्ध विच्छेदको घटना ह्वात्तै बढ्यो

Avatar photo
Dhadingpost
साउन १८, २०७८

धादिङ साउन १८ । जिल्ला अदालत धादिङमा परेको उजुरीको तथ्याङ्लाई हेर्ने हो भने धादिङमा सम्बन्ध विच्छेदको घटना ह्वात्तै बढेको पाईन्छ । धादिङ अदालतमा १४ सय ५१ मुद्धा मध्ये ४ सय २८ मुद्धा सम्बन्ध विच्छेदकै छन् ।

धादिङ जिल्ला अदालतले आर्थिक वर्ष २०७७/२०७८ को मुद्धाको वार्षिक विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७र७८ मा कुल १४ सय ५१ मुद्धा दर्ता भएकोमा ४ सय २८ मुद्धा सम्बन्ध विच्छेदकै रहेको जनाएको हो ।

न्यायाधिस रमेशप्रसाद ज्ञवालीका अनुसार धादिङमा एक आर्थिक वर्षमै २ सय ८५ जोडीले सम्बन्ध–विच्छेद गरेका छन् भने १ सय ४३ वटा मुद्धा अझै चलिरहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा धादिङमा अदालतमा १४ सय ५१ मुद्धा दर्ता भएकोमा ६ सय ६९ मुद्धा मात्र फछ्र्यौट भएको छ भने अझै ७ सय ५५ वटा मुद्धा फछ्र्यौट गर्न बाँकी रहेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका, अन्तरजातीय तथा बहुविवाह गरेका, विदेशमा पति वा पत्नी गएपछि परपुरुष वा स्त्रीसँग लागेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको र शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिन आउने गरेको संख्या बढी रहेको पाईएको छ