धादिङमा अधिकाँश विद्यालयहरुमा भौतिक उपस्थिति मै पढाई सुरु

Avatar photo
Dhadingpost
सोमवार, साउन १८, २०७८

धादिङ साउन १८ । धादिङका अधिकाँश विद्यलयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमै पठन-पाठन सुरु गरेका छन् ।

जिल्ला प्रशासन र जिल्ला शिक्षा समन्वय इकाईले जानकारी नभएको बताए पनि जिल्लाका अधिकाँश विदालयहरुले वद्यार्थीहरुको भौतिक उपस्थितिमै पठनपाठन सुरुगरेका हुन् ।

सदरमुकाम स्थित नीलकण्ठ माविले कक्षा ३ सम्म मात्रै भौतिक उपस्थितिमा पठनपाठन गरे पनि बालमन्दिर, पशु्पति मावि, निजी विद्यालयहरु चिल्ड्रेनपार्क, सुनगाभा, एड्भान्स एकेडेमी, न्यु किबोले भौतिक उपस्थिति मै पठनपाठन गरि रहेका छन् । भने धादिङ बोर्डिङले भौतिक उपस्थिति मै परिक्षा लिई रहेको छन् ।

यस्तै पृथ्वी राजमार्ग आसपासमा रहेका सबै जसो निजी विद्यालयहरु संचालनमा आएका छन् भने सिद्धलेक गाउँपालिकामा गाउँपालिकाले नै सबै विद्यालय संचालन गर्न अनुमति दिएको छ ।

सरकारले भने सबै जिल्लामा हाल कोरोनाको उच्च जोखिम कायम नै रहेको भन्दै भौतिक उपस्थितिमा पठन-पाठन नगराउन सर्कुलर नै जारि गरेको छ ।