
धादिङ साउन १७ । धादिङको एउटा विद्यालय मा ६ जना शिक्षक कोरोना संक्रमित भएको पाईएको छ भने धादिङबेसी सदरमुकमा रहेका विद्यालयहरुले धमा धम भौतिक उपस्थिितिमै कक्षा संचालन गर्न थालेका छन् ।
बेनीघाट रोराङ स्थित चन्द्रोदय माविमा पढाउने ६ जना शिक्षकलाई कोरोना संक्रमण देखिएको छ । यस विद्यालयले सुरक्षित मापदण्ड अपनाएर पठनपाठन गरेको जनाउँदै आएको थियो अहिले प्रअ सहित ६ जना शिक्षकहरुलाई कोरोना संक्रमण देखिए पछि भौतिक उपस्थितिमा कक्षा संचालन रोकिएको छ ।
धादिङबेसी स्थित धादिङ बोर्डिङले भौतिक उपस्थितिमा विद्यार्थीको परिक्षा लिन थाले पनि नीलकण्ठ माविले पनि कक्षा १ देखि ३ सम्म भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेको छ भने धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आजबाटबाट भौतिक उपस्थिति मै पठन पाठन हुने हुँदा विद्यार्थीलाई स्कुल पठाउन अभिभावकलाई आव्हान गरेको छ ।
यस्तै नीलकण्ठ न. पा. स्थित पशुपति माविले निरन्तर भौतिक उपस्थिति मै पठन पाठन गर्दै आई रहेको छ भने आजै देखि बेनीघाट रोराङको शखादेविले सूचना नै जारि गरेर आजबाट सबै कक्षाको भौतिक उपस्थितिमा पढाई हुने जनाएको छ । सिद्धलेकका सबै जसो विद्यालयहरु पालिकाकै निर्देशनमा पठनपाठन भैरहेको छ । पृथ्वीराजमार्ग क्षेत्रमा सबै जसो नीजि विद्यालयहरुले बसमा कोचाकोच विद्यार्थी ओसारपसार गर्दै भौतिक उपस्थिति मै कक्षा संचालन गरि रहेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडको उच्च जोखिम अझै कामय रहेकोले भौतिक उपस्थितिमा पठनपाठन नगर्न सर्कुलर जारि गर्दा समेत धादिङको शिक्षा विकास तथा समन्वय ईकाई, स्थानीय तहले कुनै चासो नलिदा धादिङमा धमाधम भौतिक उपस्थिति मै पठनपठान हुन थालेको छ ।