
धादिङबेसी साउन १६ । धादिङबेसी स्थित बीचबजारमा स्वतन्त्र युवा अभियान नाम दिएर एमसीसी संझौता गर्न नहुने माग राख्दै प्रदर्शन गरेका छन् । राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको रक्षाको लागि राष्ट्रघाती एमसीसी पास हुन नहुने प्रदर्शनमा सहभागि हरुले बताए ।
सन २०१७ सेप्टेम्बर १४ मा नै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री परिषदले पास गर्न खोजेको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण अहिले सम्म संसदमा पेस हुन सकेको छैन ।
यस अघि एमालेको एउटा समुह, माओवादी केन्द्र, जनमोर्चा लगायतका दलहरुले एमसीसी पास गर्न नहुने बताए पनि अहिले राजनिति फरक धारबाट अगाडी बढेकोले देउवाको मुख्य योजना माओवादी केन्द्र, एमाले लगायतको समेत समर्थनमा
एमसीसी पास गराउने भएकोले यो राष्ट्रघाती संझौता रोक्न जनस्तरबाटै आन्दोलन गरिनु पर्ने धादिङबेसी बीचबजारमा प्रदर्शनमा उत्रिएका सहभागिहरुले धादिङपोष्टलाई बताए ।
यतिबेला एमसीसी शर्तै शर्तको भारीे भएको र महाकाली सन्धि भन्दा ठूलो राष्ट्रघात भएको टिप्पणी सर्वत्र बढेको छ । चीनलाई टुक्राउने उद्देश्यले नेपालमा एमसीसी भित्र्याउन खोजिएको, अमेरीकाले अरब क्षेत्रबाट क्रमशः एशियाका मुख्य भागमा आतंक फैलाउन खोजेको, एकल ध्रुवीय वर्चस्व कायम राख्ने पुरानो अमेरिकी सोचलाई कार्यान्वयनमा ल्याउन खोजिएको, इराक, सिरिया, अफगानिस्तानमाझैँ एकपटक स्वतन्त्रता गुमेपछि फर्काउन कठिन हुने अवस्था रहेको बिषयहरु संवेदनशिल रहेको उनीहरुको धारण छ ।
एमसीसीका बारेमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल देखि भीम रावल, देव गुरुङ लगायतका नेताहरुले समेत हुबहु एमसीसी पास नगराउने अडानमा देखिए अभिव्यक्तिबाट ब्याक भएका छैनन् ।