धादिङका शिक्षकहरु रिले अनसनमा

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १५, २०७८

धादिङ साउन १७ । नेपाल शिक्षक महासङ्घको केन्द्रिय समितिको ३४ सुत्रिय माग पूरा गराउनका लागि आन्दोलका आन्दोलन स्वरुप आज धादिङका शिक्षकहरु रिले अनसनमा बसेका छन् ।

बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्र्तगत आज साउन १५ गते देशभरका स्थानीय तहमा रिले अनशन बस्दै कार्यक्रम अनुसार धादिङ शिक्षकहरु रिले अनसनमा बसेका हुन् ।

केन्द्रको निर्णय अनुसार आज हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना, जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनसनमा बसेका छन् ।

महासंघको ३४ सुत्रिय मागमा मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायतछन् ।

बिहान ८ बजेबाट सुरु भएको अनसन दिउसो ४ बजे सकिने महासंघले जनाएको छ ।