धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन गरिने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १५, २०७८

धादिङ साउन १५ । धादिङबेसीमा शुक्रबार भएको स्वतन्त्र नागरिकहरुको छलफलले शनिबार दिउँसो धादिङबेसी बीचबजार चोकमा विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

ओली सरकार हुँदै अहिले देउवा सरकारले समेत एमसीसी पास गराउने तयारी गरे सँगै देशभर एमसीसी पास गर्न नदिन विरोध सुरुभए सँगै धादिङमा पनि स्वतन्त्र नागरिक समाजले विरोध प्रदर्शन गर्न लागेको दशरथ भण्डारीले बताए । राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको पक्षमा र राष्ट्रघाती MCC को विरुद्ध उक्त प्रदर्शनमा लाम बद्ध हुन समेत उनले बताए ।

प्रदर्शनमा सहभागी हुनेले कुनै पनि संघ संस्था पार्टीको झन्डा देखाउन नपाईले र सम्भव भएमा राष्ट्रिय झन्डा लिएर आउन समेत भण्डारीले आव्हान गरेका छन् ।

बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विषयमा अहिले मुलुकमा दुईथरी बहसहरु हुँदै आएका छन् । कतिपयले एमसीसी सिधै पास गराउनु पर्ने दवाव दिई रहेका छन् भने कति पय संशोधन सहित पारित गर्नुपर्ने पक्षमा छन् भने एकाथरी मत एमसीसी जस्तो राष्ट्रघाती संझौता कुनै पनि हालतमा गर्न नहुने बताउँदै आई रहेका छन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री परिषदका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुँदा नै सन २०१७ सेप्टेम्बर १४ मा नै तयार भएको एमसीसी यहि विवादका कारण २०२१ सम्म आईपुग्दा पनि संसदमा फेस हुनसकेको छेन ।

एमसीसी कार्यान्वयन भएका मुलुकहरू: अमेरिकाले विभिन्न मुलुकलाई उपलब्ध गराउने सहायताको बहसलाई नै एमसीसीले परिवर्तन गरिदिएको वेबसाइटमा उल्लेख छ । राम्रा नीति, सम्बन्धित मुलुकहरूको स्वामित्वसहित नतिजाकेन्द्रित भएर वैदेशिक सहायता उपलब्ध गराउने एमसीसीको लक्ष्य देखिन्छ ।

आर्थिक वृद्धि प्रबर्द्धन, गरिबी न्यूनीकरण र संस्थाहरूको सुदृढीकरणका लागि निश्चित समयका लागि एमसीसीले अनुदान सहयोग गर्छ । नेपालसहित २७ देशमा एमसीसीअन्तर्गतका परियोजना सञ्चालनमा छन् । यीमध्ये १७ मुलुकमा परियोजनाहरू कार्यान्वयनमा छन् ।

एमसीसीले विश्वभर ‘कम्प्याक्ट एन्ड थ्रेसहोल्ड’ कार्यक्रमअन्तर्गत कृषि, सुशासन, शिक्षा, ऊर्जा, उद्यमशीलता विकास, स्वास्थ्य, भूमिसुधार, यातायात पूर्वाधार, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा १३ बिलियन अमेरिकी डलरभन्दा बढी सहयोग दिइसकेको छ ।

(Photo by Rojan Shrestha/NurPhoto)