
धादिङ साउन १४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा २६ जना कोरोना भाईरस संक्रमित थपिएका छन् भने ७२ जना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज थपिने संक्रमितहरुमा नीलकण्ठमा ५, धुनीेबेसीमा ३, बेनीघाट रोराङमा ७, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ४ र गंगाजमुनामा ३ गरेर २६ जना रहेका छन्। डिस्चार्ज हुनेको संख्या ७२ रहेको छ।
जिल्लाको सक्रिय केश ५५३ पुगेको छ । जिल्लामा हस्पिटल आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा ४ र होम आईशोलेसनमा ५३६ रहेका छन् ।
गजुरीमा आज ९ स्वाब संकलन भएको छ । ११४ एनटीजेन परिक्षण मध्ये २६ पोजिटिभ आएको छ ।
यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ। गजुरीमा आज ९ स्वाब संकलन भएको छ भने जिल्लाभर ११४ एनटीजेन परिक्षण मध्ये २६ पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
नेपालमा नयाँ भेरियन्ट भेटिए सँगै के भन्छन् विज्ञहरु ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा।वासुदेव पाण्डेयले भाइरसहरुको उत्परिवर्तन निरन्तर चलिरहने भए पनि अहिलेको डेल्टा भेरियन्टको नयाँ म्युटेसन घातक हुन सक्ने बताउनुभएको छ ।विभिन्न देशमा डेल्टा भेरियन्टबाट नै धेरै मानिस सङ्क्रमित भैरहेकाले यो नयाँ म्युटेसनले पनि धेरै मानिसलाई सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो।
यो नयाँ म्युटेड भेरियन्टले विशेषगरी बालबालिकालाई बढी सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो । विभिन्न देशमा पनि अहिले बालबालिका बढी सङ्क्रमित भइरहेको अवस्थामा नेपालमा पनि बालबालिका बढी जोखिममा छन् उहाँले भन्नुभयो। बालबालिकाले खोप पनि लगाउन नपाएकाले यो नयाँ म्युटेड भेरियन्ट बढी घातक हुनसक्छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले पनि यो नयाँ म्युटेड भेरियन्ट खतरनाक नै रहेको बताउनुभएको छ ।यो भेरियन्ट नेपाल सरकारले जनाएजस्तो नौलो नरहेको उहाँको भनाइ छ । सरकारले नौलो म्युटेसन पत्ता लाग्यो भन्नुभन्दा उनीहरु कुन उमेर समूहका हुन् अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुनेमा उहाँको जोड छ ।
दोस्रो लहर उत्कर्षमा पुगेको बेला नेपालमा डेल्टा भेरियन्ट देखिएकाले अहिले यसको म्युटेड भेरियन्ट बढी सङ्क्रामक पनि हुन सक्ने उहाँको भनाइ छ । यो भेरियन्टले खोप नलगाएका जुनसुकै उमेर समूहकालाई पनि आक्रमण गर्न सक्ने उहाँ बताउनुहुन्छ ।यस्तै माइक्रोबायोलोजिस्ट डा। प्रकाश घिमिरेले भाइरसको म्युटेसनलाई स्वाभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताउनुहुन्छ । जुनसुकै भाइरस पनि म्युटेसन हुने भएकाले म्युटेड भेरियन्टको प्रकृति र सङ्क्रमणलाई नियाल्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले सूचना प्रकाशित गरेर नयाँ भेरियन्ट पत्ता लाग्यो भनेर नागरिकमा त्रास उत्पन्न गर्नु नहुने उहाँको भनाइ छ । सरकारले नयाँ म्युटेड भेरियन्टको सङ्क्रमण दर कस्तो छ कस्ता प्रकृतिका मानिसलाई यसले सङ्क्रमण गरेको छ भन्ने कुरामा जोड दिनुपर्ने उहाँको आग्रह छ ।