थोपल खोलाको करिडोर बनेको महिना दिन नवित्दै भत्कियो (फोटो फिचर)

Avatar photo
Dhadingpost
बिहिबार, साउन १४, २०७८

धादिङ साउन १४ । धादिङबेसी सदरमुकामलाई शहरीकरण गर्ने योजना अनुरुप नीलकण्ठ नगरपालिकाले थोपल खोला करिडोर र बजारको सडकपेटी विस्तारलाई प्रथामिकतामा काम अगाडी बढाईएको बताउँदै आएको छ ।

सडक पेटी विस्तार र सडक बत्तीले सदरमुकामको सुन्दरता फेरेपनि करिडोर निमार्णमा भने नीलकण्ठ नगरपालिकालाई पहिलो गाँस मै ढुङ्गा भने जस्तो भएको छ ।

धादिङबेसी बसपार्कबाट सुरुभएको करिडोर निमार्ण ठेकेदारको कमसल सामाग्रीले बनेको पर्खाललाई थोपलको भलले निमार्ण चरण मै भत्काई दिएको छ ।

करिडोर निमार्णको सबैको प्रशंषा रहेपनि थोपल खोलालाई नै साँघुरो पारी खोलाबाट पर्खाल उठाईएको, सार्वजनिक जग्गा कब्जा खोजविन नगरी खोला नगरपालिकाले नै साँघुरो पारेर गैर कानुनी काम गरेको आवाज उठि रहेको बेला विहिबार बिहान थोपलमा आएको भलले कडिडोरको पर्खाल भत्काई दिएको छ ।