
धादिङ साउन १३ । धुनिवेशी नगरपालिका ७ स्थित नौविसे आधारभुत अस्पतालको भवन शिलान्यास गरिएको छ ।
धुनीबेसी नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल लगायतले सँयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
१८ महिनामा निमार्ण सक्ने गरि मु.अ.कर बाहेक ५ करोड ४३ लाख १४ हजार ७ सय ९५ रुपैँयाको लागतमा नौविसे आधारभुत अस्पतालको भवन बन्न लागेको हो ।
नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङले अस्पताल लागतमा कविन्द्र नव सिर्जनशिल पि.एम.के जेभीले भवन निमार्णको ठेक्का पाएको हो ।
नौबिसे स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष केदार पाठकको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख निरु खरेलको विशेष आतित्थ्यता रहेको थियो ।