धादिङमा कोरोनाको सक्रिय केस ५९९, आज ५६ जना संक्रमित थप

Avatar photo
Dhadingpost
बुधबार, साउन १३, २०७८

धादिङ साउन १३ । धादिङमा कोरोनाको केस पछिल्लो २४ घण्टाको अवधिमा ६०१ बाट घटेर ५९९ मा आईपुगेको छ भने यहि अवधिमा ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज थपिएका संक्रमितहरुमा धुनीबेसीमा ८, गल्छीमा ३, गजुरीमा १, ज्वालामुखीमा १०, त्रिपुरासुन्दरीमा २३, गंगाजमुनामा १, नेत्रवाती डवजोङमा १, धादिङ हस्पिटलमा ९ गरि ५६ छन् । आज डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ ।

धादिङमा हस्पिटल आईशोलेसनमा १२, संसथागत आईशोलेसनमा ४ र होम आईशोलेसनमा ५८३ रहेका छन् ।

जिल्लामा आज स्वाब संकलन भएको छैन । १६८ एनटीजेन परिक्षण मध्य ५५ पोजिटिभ आएको छ ।