
धादिङ साउन ११ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३५ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङ दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा नीलकण्ठमा ३३, गल्छीमा ११, गजुरीमा २, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा २, धादिङ हस्पिटलमा १८ गरेर ७१ जना छन् ।
हाल धादिङमा कोरोनाको केस ५६३ पुगेको छ । जिल्ला भित्र जिल्ला हस्पिटल आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा ३ र होम आईशोलेसनमा ५४७ रहेका छन् ।
धुनिबेसिमा आज ५ स्वाब संकलन भएको छ । १२८ एनटीजेन परिक्षण मध्ये ३३ पोजिटिभ आएको छ।