
बेल्जियम साउन १० । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद बेल्जियमको ०२१-२३ को नयाँ कार्य समितिको लागि आज मतदान हुँदैछ । निर्वाचनमा धादिङका कासी दनैले उपाध्यक्षमा र रमेश कंडेलले महासचिवमा उमेदवारी दिएका छन् ।
विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको एनआरएनए बेल्जियमको यस निर्वाचनमा कासी दनै र रमेश कंडेल दुबैले चुनाव जित्ने धादिङ समाज बेल्जियमका अध्यक्ष दामन तामाङले बताए ।
को हुन त उपाध्यक्षका उम्मेदवार कासी दनै ?
ज्वालामुखी गाउँपालिका चैनपुर, धादिङ स्थायी घर भई सन २००४ देखी बेल्जियम बस्दै आएका कासी दनै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आगामी कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेदवार हुन् । उनी वर्तमान कार्यसमितीमा युवा संयोजकको भूमिकामा रहेका छन् । बेल्जियम प्रवेस सँगै एनआरएनएको अभियानलाई नियाली रहेका दनै भर्खरै मात्र ३५ औ बशन्त टेक्दै छन् । तर उनको कर्म भने उदाहरणिय छ । हरेक जसो नेपाली समुदाय लक्षित कार्यक्रमहरुमा सक्रिय भइै लागिरहने दनै बेल्जियमको नेपाली समुदाय माझ एक सफल युवा ब्यवसायी र सामाजिक सेवामा तल्लिन युवाको रुपमा समेत परिचित छन् ।
बेल्जियमको अन्त्रोपेन शहरमा सपरिवार बसोबास गरिरहेका दनैले लकडाउनका समयमा आफूलाई निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । उनले नेपाली युवाहरुको खेलकुदको विकास गर्नमा र कोरानाले गर्दा संकटमा परेका नेपाली समुदायलाई राहत वितरण गर्दै आएका छन् ।
कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । हाल उनी नेपाल ब्यबसायी संघ बेल्जियमको कोषाध्यक्षको रुपमा कार्यरत छन् ।
युवा वर्ग, खेलकुद, ब्यबसायीहरुलाई विभिन्न योजनाबद्ध प्रोजेक्टको विस्तार तथा सामुहिक पहल गर्ने प्रतिबद्धता उनले गरेका छन् । संस्थाको पद त केवल प्लेटफर्म मात्र हो । त्यसैलाई उपयोग गरेर जति सकिन्छ, कामै गरेर देखाउने हो ।’ भन्ने बिचार भएका दनै उपाध्यक्ष पद्का प्रमुख दावेदार हुन् ।
को हुन त महासचिवका उम्मेदवार रमेश कंडेल ?
धादिङ मलेखु स्थाई घर भएका रमेश कंडेल गैर आवासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनमा महासचिव पदका बलिया उमेदवार हुन् । उनी विगत २ दशक देखि बेल्जियम बस्दै आईरहेका छन् । विभिन्न संघ संस्था मार्फत सामाजिक काम गर्नमा सकृय कंडेल आफुलाई सामाजसेवी भन्न रुचाउँछन् ।
बेल्जियम बसाइैका सुरुवातका दिनहरुमा आफुजस्तै दुःख पाएकाहरुको लागि संगठित रुपमा सहयोग गर्न हिमालय सोसाईटी नामक संस्था खोलेर समाजिक काम गर्न थालेको उनी सम्झन्छन् । हाल उनी बेल्जियमको ब्रुज शहरमा आफ्नै ब्यवसाय संचालन गरी बसेका छन् । नेपाली समुदायको सेवा गर्न र युवाहरुलाई प्रेरित गर्नको लागि आफु एनआरएनको अभियानमा लागेको उनले बताए ।
धादिङ समाज बेल्जियमको पूर्ण समर्थन र समकालिन साथीभाई, शुभ चिन्तकहरु र युवाहरुको आफुलाई समर्थन रहेकोले आफु यो निर्वाचनमा विजयी हुनेमा ढुक्क रहेको उनले बताए ।
अन्य देशमा धादिङका को-को चुनावी मैदानमा छन् र क-कस्ले जिति सके
- धादिङका रविन अधिकारीद्वारा एनआरएनए पोर्चुगलको अध्यक्षमा उम्मेदवारी
- प्रसुना कडेलद्वारा एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी
- गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्यमा उम्मेदवार
- एनआरएनए जापानको कोषाध्यक्षमा धादिङका कृष्ण खनालको उम्मेदवारी
- धादिङका कुमार अधिकारीद्वारा एनआरएनए अष्ट्रियाको उपध्यक्षमा उम्मेदवारी
- श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित
- एनआरएनए अस्ट्रेलियामा सुजन अधिकारीको उम्मेदवारी
- उत्तम धमला एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर बोर्ड अफ डाईरेक्टरमा विजयी
- सन्तोष लम्साल एनआरएन अमेरिका टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टरमा विजयी
- प्रमिला धमला एनआरएनए अमेरिका म्यासाचुसेटस च्याप्टर बोर्ड अफ डाईरेक्टरमा निर्वाचित
- भावना खतिवडा एनआरएन अमेरिका भर्जिनिया च्याप्टर बोर्ड अफ डाईरेक्टरमा निर्वाचित
