धादिङकी प्रमिला धमला एनआरएनए अमेरिका म्यासाचुसेटस च्याप्टर बोर्ड अफ डाईरेक्टरमा निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
मङ्लबार, जेष्ठ १८, २०७८

अमेरिका जेष्ठ १८ । धादिङ ज्यामरुङ निवासी प्रमिला धमला बन्जरा हाल अमेरिकाको म्यासाचुसेटस राज्यमा बस्दै आउनु भएको छ । सामाजिक सेवामा चासो व्यक्त गर्ने उहाँ एनआरएनए अमेरिका म्यासाचुसेटस च्याप्टर बोर्ड अफ डाईरेक्टरमा निर्वाचित हुनुभएको छ ।

आगामी २०२१-२०२३ कार्यकालको लागि May 29-30  मा सम्पन्न निवार्चनमा धमला उक्त राज्यको बोर्ड अफ डाईरेक्टर पदमा निर्वाचित हुनु भएको हो ।

गैर आवासीय नेपालीहरुको संस्था एनआरएन अमेरिका म्यासाचुसेटस राज्यमा एक हजार मतदाता रहे पनि ८०० मत खसेको थियो जसमा उहाँले ५०४ मत ल्याई विजयी हुनुभएको थियो ।