धादिङका ७ जनाद्वारा एनआरएन अमेरिकाको लागि उम्मेद्वारी

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, बैशाख २०, २०७८

क्यालिफोर्निया, अमेरिका बैशाख २० । धादिङबाट अमेरिका गई बसोबास गर्दै आएका ७ जनाले आशन्न एनआरएन अमेरिकाको निर्वाचनको लागि विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएन अमेरीकाको चुनावी सरगर्मी बढि रहेकै बेला धादिङको नीलकण्ठ नगरपालिकाका तीन जना, त्रिपुरासुन्दरी गाउँपालिकाका एक जना, गजुरी गंगाजमुना र गल्छीका १-१ जनाले एनआरएन अमेरिकाको निर्वाचनको लागि विभिन्न पदमाउम्मेद्वारी घोषणा गरेका हुन् ।

गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न २०२१र२३ को कार्यकालका लागि हुने उक्त निर्वाचनका लागि धादिङका ७ जना उम्मेदवार यी हुन् ।

  • राजीव श्रेष्ठ – गजुरी – NRNA NCC USA, कोषाध्यक्ष पदका उम्मेदवार
  • दिवाकर पाण्डे – त्रिपुरासुन्दरी गापा – NRNA NCC USA, बोर्ड अफ डाईरेक्टर
  • प्रमिला बन्जारा -नीलकण्ठ नगरपालिका – NRNA USA ,मासाच्युसेट्स च्याप्टर बोर्ड अफ डाईरेक्टर
  • उत्तम धमला – नीलकण्ठ नगरपालिका – NRNA USA, क्यालिफोर्निया च्याप्टर बोर्ड अफ डाईरेक्टर
  • भावना खतिवडा – गल्छी – NRNA USA, भर्जिनिया च्याप्टर बोर्ड अफ डाईरेक्टर
  • सन्तोष लम्साल – नीलकण्ठ नगरपालिका – NRNA USA, टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टर
  • रामहरि अधिकारी गंगाजमुना गापा – NRNA USA उपाध्यक्ष पदको उमेद्वार