धादिङका उत्तम धमला एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर बोर्ड अफ डाईरेक्टरमा विजयी

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, जेष्ठ १७, २०७८

क्यालिफोर्निया जेष्ठ १७ । धादिङमा रहँदा संचारकर्मीका रुपमा परिचित नीलकण्ठ नगरपालिका ३ निवासी उत्तम धमला हाल अमेरिकामा बसोबास गर्दै आई रहेका छन् ।

उनै उत्तम धमला May 29-30 मा सम्पन्न निर्वाचनबाट एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर बोर्ड अफ डाईरेक्टर पदमा ८२१ मत ल्याउँदै विजयी भएका छन् ।

गैर आवासीय नेपालीहरुको संस्था एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरमा २ हजार मतदाता रहेको मा १४ सय मत खसेको थियो जसमा ८२१ मत ल्याउदै धमला विजयी भएका हुन् ।

धादिङका ७ जनाद्वारा एनआरएन अमेरिकाको लागि उम्मेद्वारी