आज र भोली जिल्ला भर कोभिड विरुद्ध खोप लगाईने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ८, २०७८

धादिङ साउन ८ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज र भोली जिल्लाभरका खोप केन्द्रहरुमा कोरोना विरुद्धको ‘janssen vaccine’ लगाउने तयारी गरेको छ ।

‘janssen vaccine’ ५० देखि ५४ वर्ष सम्मका पहिलो डोज खोप लगाउन बाँकी सबै नागरिकलाई, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई, नेपालमा बस्ने शरणार्थीलाई खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहि साउन ४ देखि ६ गते सम्म मात्रै धादिङमा २० हजारले कोरोना बिरुद्धको ‘vero cell vaccine’ खोप लगाएका थिए ।