युवा संघद्वारा थाक्रेमा वृक्षारोपण

Avatar photo
Dhadingpost
बिहिबार, साउन ७, २०७८

धादिङ साउन ७ । धादिङको थाक्रे गाउँपालिकामा ९ केवलपुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले वृक्षारोपण गरेको छ ।

युवा संघको बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तरगत थाक्रेमा वृक्षारोपण गरिएको केन्द्रीय महासचिव रमेश आचार्य बताएका छन् ।

वृक्षारोपण पछिको भएको कार्यक्रममा महासचिव आचार्यले परमाधेस मार्फत नेपालको संविधानलाई नै धरापमा पारेर प्रधानमन्त्री नियुक्त गर्ने जुन आदेश भएको छ त्यो आम नेपालीका सामु युवा संघले लिएर जाने बताएका थिए ।