
धादिङ साउन ४ । नेकपा एमाले धादिङका नेता एवम् धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले सर्वोच्चको फैसला सँगै प्रधानमन्त्री देउवाले विश्वासको मत पाए सँगै दम्भ, घमण्ड र भस्माशूर ढलेको र अब एमाले देउवा सरकारमा जाने बताउनु भएको छ ।
धादिङबेसीमा एमाले (नेपाल पक्ष) का कार्यकर्ताहरु सँगको भेटघाट कार्यक्रममा सांसद पाण्डेले ओली प्रवृत्ति ढल्यो संविधान बच्यो अब ओलीहरु सत्ताबाहिर रहेपनि एमाले देउवा गठबन्धन सरकारमा जाने बताउनु भएको हो ।
नेता पाण्डेले, केपी शर्मा ओली अझै पश्चाताप र घमण्डबाट मुक्त नभए ओलीलार्ई छाडेर राष्ट्रियताको रक्षा, स्वाधिन नेपाल निर्माण जनजीविका, भ्रस्टाचार नियन्त्रण गर्दै आर्थिक संमृद्धिको लागि सबै कम्युनिष्टहरुको एउटा नयाँ अर्को पार्टी उदय हुने समेत बताउनु भयो ।
ज्वालामुखीमा स्व. सुभद्रादेवी अर्यालको १३ दिनको श्रद्धाञ्जली सभामा सहभागी भएर फर्कने क्रममा धादिङबेसी स्थित एक होटलमा कार्यकर्ताहरुलाई भेट्दै नेता पाण्डेले कार्यकर्तालाई एमाले नसिद्धिने बरु थप सशक्त एबम् बलियो क्रान्तिकारी पार्टी बन्ने बताउनु भएको हो ।
(तस्वीरः चैनपुरमा आयोजित सुभद्रादेवी अर्यालको श्रद्धाञ्जली कार्यक्रममा नेता पाण्डेले मन्तव्य राख्दै गरेको यस फोटो शालिकराम दुवाडीको फेसबुकबाट लिईएको हो )