
धादिङ साउन ४ । धादिङमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट अनुसार अझै ५८८ जना सक्रिय केसहरु छन् भने आज ५६ जना संक्रमित थप भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार नीलकण्ठमा ३६, गल्छीमा ५, धुनीबेसीमा १, थाक्रेमा ४, गजुरीमा १, गंगाजमुनामा ३, ज्वालामुखीमा ४, बेनिघाट रोराङमा २ गरी ५६ जना छन् । आज धादिङमा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
धादिङमा हस्पिटल आईशोलेसनमा १२, संस्थागत आईशोलेसनमा १७ र होम आईशोलेसनमा ५५९ रहेका छन् ।
जिल्लामा आज ५१ स्वाब संकलन भएको छ । ७६ एनटीजेन परिक्षण मध्ये १९ पोजिटिभ आएको छ ।