
धादिङ साउन ४ । धादिङको उत्तरी भेगका युवा नेता युवा संघ नेपालका केन्द्रिय सदस्य एवम् नेकपा एमालेका जिल्ला कमिटी सदस्य एलिजार तामाङले विभिन्न अपतबिपतमा विभिन्न तवरबाट सेवा गर्दै आइरहेका छन ।
अहिलेको विश्वब्यापी रूपमा फैलिएको कोभिड १९ को रोकथाम तथा उपचारका लागि माक्स, सेनिटाइजार, पीपीई, अक्सि मिटर लगायतका सामाग्री सहयोग गरेका उनले पछिल्लो समय जिल्लामा खाद्यान्न सहयोग गरेका हुन् ।
उनले गंगा जमुना, रुभीभ्यली र खनियबास गाउँपालिकाबाट भुकम्प कारण विस्तापित भै नीलकण्ठ नगरपालिका–१२ दामगाडी बसोवनस गरि रहेका विस्तापित परिवारहरुलाई खाद्यान्न वितरण गरेका हुन् ।
उनले १९० बोरा चामल वितरण गरेका थिए । यस्तै नीलकण्ठ नगरपालिका २ र खाल्टेका दलित, अपाङ्गताभएका व्यक्ति, एकल महिला, बृद्ध र बालबालिकाहरुलाई १०० बोरा चामल वितरण गरि सकेका छन् । धादिङपोष्ट सँग एलिजार तामाङ भन्छन्, कोभिडको दोस्रो भेरिएन्ट यता १५-१६ लाख सामानन वितरण गरिएको छ ।