अनुगमन टोलीद्वारा थाक्रेमा घरेलु मदिरा नष्ट

Avatar photo
Dhadingpost
आइतवार, साउन ३, २०७८

धादिङ साउन ३ । बजार अनुगमन टोलीले धादिङको थाक्रे गाउँपालिका स्थित पण्डित पौवामा अवैध रुपमा बिक्रीको लागि राखिएको करिव १५० लिटर घरेलु मदिरा जफत गरि नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले आज धार्केको २, महादेववेशीको १, पण्डितपौवाको २ र चिउरीपाटीको १ वटा पसललाई जरिवाना समेत गरेको छ ।

यस्तो छ आजको अनुगमन रेकर्ड: थाक्रे र धुनिबेशीका पसललाई जरिवाना

१. धुनिबेशी, ६, धार्केमा रहेको युनिक सप्लायर्सको नामको साइनबोर्ड टासिएको बिग मार्ट (रु. १० हजार),
२. धुनिबेशी, ६, धार्केमा रहेको आर्जन एण्ड आर्या जनरल स्टोर (रु. ५ हजार),
३. थाक्रे, ६, महादेवबेशीमा रहेको राहुल मिठाई पसल (रु. ५ हजार),
४. थाक्रे, ९, पण्डित पौवामा रहेको सपना किराना कोल्ड स्टोर तथा खाजा घर (रु. ५ हजार),
५. थाक्रे, ९, पण्डित पौवामा रहेको गोपाल होटल, (रु. १० हजार),
६. थाक्रे, १०, चिउरीपाटीमा रहेको अधिकारी इन्टरप्राइजेज (रु. १० हजार),
पण्डितपौवामा अवैध रुपमा बिक्रीको लागि राखिएको करिब १५० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । एक दर्जन पसल, फर्मलाई सचेतना गरिएको छ । रु. २० हजार बराबरको अखाद्य सामग्री जफत गरिएको छ ।