वाईसीएल नेत्रावती डवजोङले रेस्क्यु टिम बनायो

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १, २०७८

धादिङ साउन १ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीयल) नेत्रावती डवजोङ गाउँपालिकाले विपतमा परेकालाई सहयोग गर्न रेस्क्यु टिम बनाएको छ ।

वाईसीएल नेत्रावती डवजोङका अध्यक्ष दिपक तामाङले धादिङपोष्टलाई जनाउनु भए अनुसार, विपदमा परेकालाई सहयोग गर्न रेस्क्यु टिमले बैंक खाता समेत संचालन गरेको छ । संकलित सहयोगबाट असाह्यलाई नि:शुल्क एम्बुलेन्स सेवा देखि विपदमा परेकालाई उद्दार सहित राहात प्रदान गरिने छ ।

यस अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्न चाहाने व्यक्ति वा संस्थाले रेस्क्यु टिमका दिपक तामाङ, विक्रम तामाङ र युगबहादुर तामाङको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको 5170100000225010 खातामा जम्मा गर्न सकिने वाईसीएल नेत्रावती डवजोङले जनाएको छ ।