
धादिङ असार ३१ । धादिङमा साउन ४ र ५ गते vero cell vaccine र ८ र ९ गते janssen covid vaccine लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुबाट खोप लगाउने तयारी गरिएको बताउँदै स्वास्थ्य कार्यालयले साउन ४ र ५ vero cell खोप ५५ वर्ष माथिका र एक पटक पनि खोप नलगाएका सबै नागरिकलाई, शिक्षक तथा कर्मचारी, सार्व जनिक यातायातमा कार्यरत चालक सहचालक, खोप लगाउन बाँकी सरकारी कर्मंचारी, विदेश जाने नागरिकहरुलाई लगाईने बताईएको छ ।
यस्तै साउन ८ र ९ गते लगाईने janssen खोप ५० देखि ५४ वर्ष सम्मका पहिलो डोज खोप लगाउन बाँकी सबै नागरिकलाई, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई, नेपालमा बस्ने शरणार्थीलाई खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

