रुवीभ्यालीका स्वास्थ्य संयोजक राज बहादुर तामाङ माथी कुटपिट

Avatar photo
Dhadingpost
बिहिबार, असार ३१, २०७८

धादिङ असार ३१ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक राज बहादुर तामाङ माथी कुटपिट भएको छ ।

रुवीभ्याली ३ का च्याङ्वा भनिने राकेश तामाङ र वोला तामाङले कार्यालय भित्रै प्रवेस गरी स्वास्थ्य संयोजक तामाङलाई मंगलबार बिहान ११ः३० मा कुनै विवाद विना नै पछाडीबाट आएर एक्कासी कुटपिट गरेको रुबिभ्याली गाउँपालिका कर्मचारीहरुले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । ।

गाउँपालिकाका कर्मीचारी युनिटले एक बिज्ञप्तिमा जारी गर्दै कुटपिटमा संलग्नलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम सजाय आग्रह गरेको छ ।

स्रोतका अनुसार कुटपिटमा संलग्न दुबै जना राप्रपा कार्यकर्ता भएकोले आफ्नो स्वास्थ्य संयोजक कुटिदा समेत गाउँपालिकाले कुनै प्रतिकृया जनाएको छैन ।

विज्ञप्ती: