धादिङमा आज ६४ जना संक्रमित थप, १८ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
बुधबार, असार ३०, २०७८

धादिङ असार ३० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ६४ जना कोरोना संक्रमित थपिएका छन् भने १८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा धुनीबेसीमा ६, गल्छीमा ५, बेनिघाट रोराङमा ४, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २५, गंगाजमुनामा १, थाक्रेमा ३ र धादिङ हस्पिटलमा १२ गरी ६४ जना छन् ।

हाल धादिङको सक्रिय केस ५८६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ६, संस्थागत आईशोलेसनमा१७ र होम आईशोलेसनमा ५६३ रहेका छन् ।

आज गजुरीमा १५ स्वाब संकलन भएको छ । १८३ एनटीजेन परिक्षण मध्ये ६४ पोजिटिभ भएको छ ।