
धादिङ असार २९ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा ४९ जना कोरोना संक्रमित थपिएका छन् भने २४ जना कोरोना मुक्त बनेका छन् ।
आज थपिएका संक्रमितमा धुनीबेसिमा ४, गल्छीमा ५, गजुरीमा ८, बेनीघाट रोराङमा ३, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ४, थाक्रेमा ३, खानियाबासमा १ र धादिङ्ग हस्पिटलमा १७ गरि ४९ छन् ।
धादिङको सक्रिय केस ५४० पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ७, संस्थागत आईशोलेसनमा १६ र होम आईशोलेसनमा ५१७ रहेका छन् ।
जिल्लामा आज स्वाब संकलन भएको छैन । १२४ एनटीजेन परिक्षण मध्ये ४३ पोजिटिभ आएको छ ।
