
धादिङ असार २९ । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेसीमा मोटर साईकल ठक्कर दिंदा मोटर साईकलमा सवार एक बालक सहित ३ जना सडकमा पछारिए सँगै ट्रक ब्याक गरि बालक किचेर भाग्दै गरेको ट्रकलाई प्रहरीले सिम्लेबाट नियन्त्रणमा लिएको छ ।
ट्रकको चालक र सहचालकलाई नियन्त्रणमा लिई गजुरी पठाएको छ भने घाईते दुई जनालाई उपचारको लागि काठमाडौं पठाईएको र बालकको भने घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एकजना बालकको घटनास्थलमै मृत्यु भएको हो ।
घाईते र मृतक बालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जानकारी जनाएको छ ।