धादिङमा बढ्यो कोरोना संक्रमण, आजै ८२ जना संक्रमित

Avatar photo
Dhadingpost
सोमवार, असार २८, २०७८

धादिङ असार २८ । धादिङ जिल्लामा केहि दिन देखि घट्दै गएको कोरोना संक्रमण दरमा फेरबदल हुँदै आज एकै दिन ८२ जना संक्रमित भएका छन् ।

पीसीआर परिक्षण दर घटि रहेको बेला आज एकै दिन धादिङमा ८८ जना संक्रमित हुनु संक्रमण दर अझै फैलन सक्ने सन्देश भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

धादिङ एक पटक कोरोना संक्रमण भई निको भएको ४५ दिन नकटेको व्यक्तिलाई पनि पुन: कोरोना संक्रमण देखिएकोले होसियारीमा खेलाची गर्न नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

आज संक्रमित हुने ८२ जनामा निलकण्ठमा २४, ज्वालामुखीमा ४, गल्छीमा ३, धुनिबेसिमा ७, गजुरीमा २, बेनिघाटमा ५, त्रिपुरासुन्दरीमा ६, गंगाजमुनामा ३, थाक्रेमा १, खानियाबासमा ३ र धादिङ्ग हस्पिटलमा २४ जना छन् ।