
एजेन्सी असार २४ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको छ ।
इंग्ल्याण्डको फुटबल इतिहासलाई यो अहिले सम्मकै सफलताका रुपमा हेरिएको छ किनकी पहिलो पटक इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्याएका हुन् ।
अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।