
धादिङ असार २३ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पछिल्लो २४ घण्टाको अवधिमा ६० जना कोरोना संक्रमिहरु निको भई डिस्चार्ज भएको र ५५ जना संक्रमित थप भएको जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा गजुरीमा ५, नीलकण्ठमा १, धुनीबेसीमा ६, गल्छीमा ११, बेनीघाट रोराङमा २, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा ९, गंगाजमुनामा ५, नेत्रवाती डवजोङमा २, धादिङ हस्पिटलमा १३ गरी ५५ जना छन् ।
जिल्ला भित्र ४९८ र जिल्ला बाहिर २३ गरेर धादिङको सक्रिय केश ५२१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १६, संस्थागत आईशोलेसनमा १७ र होम आईशोलेसनमा ४६५ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ५ र होम आईशोलेसनमा १८ रहेका छन् ।
आज जिल्लामा स्वाब संकलन भएको छैन । १०२ एनटीजेन परिक्षण मध्ये ५१ पोजिटिभ आएको छ ।
