
एजेन्सी असार २३ । अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले कोलम्बियाको तीन पेनाल्टी बचाएपछि अर्जेन्टिना टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनल प्रबेस गरेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । कोलम्वियाको पहिलो प्रहारमा जुआन कोर्डाडोले गोलमा परिणत गरेका थिए । त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका थिए । डाभिन्सन सान्चेजको प्रहारई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले बचाउँदा अर्जेन्टिनाका रोड्रिगो डि पउलको प्रहार आकासिएको थियो ।

त्यसपछि यारी मिनाको प्रहारलाई मार्टिनेजले विफल पार्दा अर्जेन्टिनाका लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि मिगुइल बोर्जाले गोल गर्दै कोलम्वियाको सम्भावना जीवित राखेको थियो । लोउटारो मार्टिनेज गोल गरेपछि अर्जेन्टिना फाइनल नजिक पुगेको थियो । कोलम्वियाका इडविन कोर्डोनाको पेनाल्टीलाई मार्टिनजेल विफल पार्दै अर्जेन्टिनालाई फाइनलको बाटोमा डोर्याए ।
अब अर्जेन्टिनाले उपाधिका लागि ११ जुलाईमा ब्राजिल सँग् खेल्ने छ ।