धादिङ महादेवबेसीबाट चोरी भएको कार दाङमा भेटियो

Avatar photo
Dhadingpost
बुधबार, असार २३, २०७८

धादिङ असार २३ । धादिङको थाक्रे गाउँपालिका माहादेवबेसीका दिनेश रुपाखेतीको घरबाटै एक साता अघि चोरी भएको कार दाङको तुलसीपुरमा भेटिएको छ ।

प्रहरीले कार सँगै चोरीमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्कीलाई समेत पक्राउ गरेको छ
प्रहरीले दिएको जानकारी अनुसार महादेवबेसीमा रोकिराखेको ठाउँबाट चोरी भएको बा १६ च ८७३५ नम्बरको कार दाङको तुलसीपुरमा भेटिएको हो ।