
धादिङ असार २२ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ६८ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका कोरोना स्ंक्रमितहरुमा थाक्रेमा ४, रुबीभ्यालीमा २, गल्छीमा १, गजुरीमा १, गंगाजमुनामा १६, ज्वालामुखीमा २, धुनीबेसीमा ६, धादिङ हस्पिटलमा १९ गरि ५१ जना छन् ।
जिल्ला भित्र ५०३ र जिल्ला बाहिर २३ गरेर धादिङको सक्रिय केस ५२६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १९, संस्थागत आईशोलेसनमा १७ र होम आईशोलेसनमा ४६७ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ५ र होम आईशोलेसनमा १८ रहेका छन् ।
आज जिल्लामा स्वाब संकलन भएको छैन । ९८ एनटीजेन परिक्षण मध्ये ४४ पोजिटिभ आएको छ ।