सिद्धलेक पर्यटन पूर्वाधार निर्माण गर्न २० लाख विनियोजन

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७८

धादिङ असार २२ । बागमती प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले धादिङको सिद्धलेक गाउँपालिकामा रहेको सिद्धलेकको पर्यटन पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन गरेको छ ।

निवर्तमान संघीय सांसद भुमि त्रिपाठीले माग गरे बमोजिम मन्त्रालयले ०७८/७९ का लागि उक्त बजेट विनियोजन गरेको बताईएको छ ।

निवर्तमान सांसद त्रिपाठीको सचिवालयले जनाए अनुसार वागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मात्रै १० वटा योजनाहरुको लागि २ कराड ८० लाख रुपैया विनियोजन गरेको छ ।

यी हुन् वजेट विनियोज भएको योजनाहरु

१. मिनि लुम्विनी पार्क पर्यटन पूर्वाधार निर्माण – थाक्रे ६ (अधुरो योजना सम्पन्न गर्नु पर्ने) रु ४५ लाख
२. तीन कन्या वागेश्वरी पर्यटन पुर्वाधार निर्माण बेनिघाट रोराङ ३ रु २५ लाख
३. मधुमती – त्रिशुली इको पार्क, बेनिघाट रोराङ ३, धादिङ, रु १५ लाख
४. ढेवालेक सिद्धलेक पर्यटन पूर्वाधार निर्माण सिद्धलेक धादिङ रु २० लाख
५. पोखरीचौर होमस्टे क्षेत्रमा पार्क निर्माण, थाक्रे ५ धादिङ रु १० लाख
६. कोइलिखर्क–भुमिचुली पदमार्ग निर्माण गल्छी ५, धादिङ रु २० लाख
७. वापचुली भ्यू प्वाइन्ट निर्माण, गजुरी गा.पा, धादिङ रु १५ लाख
८. राणाकालिन ऐतिहासिक निशाकोट पदमार्ग निर्माण तथा चिल्ड्रेन पार्क निर्माण, धुनिबेशी, धादिङ रु १५ लाख
९. झण्डाचुली पार्क निर्माण, थाक्रे ३, धादिङ रु १५ लाख
१०. औद्योगिकग्राम, कोसेली घर स्थापना, गल्छि गाउँपालिका मास्टार रु १ करोड