
धादिङ असार २१ । धादिङको गजुरी गाउँपालिका ६ आदमघाटमा रहेको वविता सप्लायर्स किराना पसलमा आगलागी हुँदा ४० लाख बराबरको क्षेति भएको छ ।
गए राती १ बजे विद्युतको तार सर्ट हुँदा उक्त पसलमा आगलागी प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रण गर्न धुनीबेसी नगरपालिकाको दमकल ल्याईएको थियो भने गजुरीबाट शिव दल गणको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा राति साढें २ बजे उक्त आगलागी नियन्त्रणमा आएको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।