गल्छीबाट प्रतिवन्धित गोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, असार २०, २०७८

धादिङ असार २० । धादिङको गल्छी गाउँपालिका ६ बैरेनीबाट प्रतिवन्धित दुर्लभ वन्यजन्तु गोरोको छाला काटेर टिकटक बनाउने एक जना महिलालाई वन रक्षकले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ घर भई गल्छी बैरेनी कोठा गरि बस्ने ४० वर्षिय कल्पना शाखी भएको प्रहरीले जनाएको छ ।

शाखीलाई आज बिहान १० बजे जिल्ला वन कार्यलय धादिङको वन रक्षकले पक्राउ गरि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको प्रहरीले जनाएको छ ।