धादिङमा आज १७ जना डिस्चार्ज, १४ जना संक्रमित थप

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७८

धादिङ असार १९ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १७ जना कोरोना संक्रमण मुक्त हुँदै आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज थप भएका संक्रमितहरुमा जिल्ला अस्पतालमा ९, रुबीभ्यालीमा २, त्रिपुरासुन्दरीमा २ र ज्वालामुखीमा १ गरेर धादिङ्गमा १४ छन् ।

जिल्ला भित्र ५२६ र जिल्ला बाहिर ४४ गरेर धादिङको सक्रिय केस ५७० पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ६, संस्थागत आईशोलेसनमा २१ र होम आईशोलेसनमा ४९९ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ७ र होम आईशोलेसनमा ३७ रहेका छन् ।

धादिङमा आज स्वाब संकलन भएको छैन । ३४ एनटीजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको छ ।