
धादिङ असार १९ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा ट्रक माथि पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने ५ वटा सवारी साधनहरुमा क्षेत्रि पुगेको छ ।
मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरो खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको ट्रकमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकमै सवार अर्का एक जना सुदिप प्रजा घाईते भएको छन् । चालक भने सकुशल रहेको छ ।
