धादिङमा आज २९ जना संक्रमित थप, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, असार १६, २०७८

धादिङ असार १६ । पछिल्लो २४ घण्टाको अवधिमा धादिङ जिल्लामा २९ जना कोरोना संक्रमित थपिए भने १ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको पछिल्लो २४ घण्टाको जानकारी अनुसार गंगाजमुनामा २, थाक्रेमा ३, धुनीबेसीमा ६, गल्छीमा १, बेनीघाट रोराङमा १, त्रिपुरासुन्दरीमा ९ र धादिङ अस्पतालमा ७ गरि २९ जना संक्रमित थपिएका हुन् ।

यस्तै आजै ज्वालामुखीको ८५ वर्षिय महिलाको मृत्यु सँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेमने संख्या ७४ पुगेको छ ।

आजै २६ जना कारोना संक्रमण मुक्त भई आईशोलेशनबाट डिस्चार्ज भएका छन् ।

हाल धादिङमा ४९९ र जिल्ला बाहिर ६४ गरेर सक्रिय केस ५६३ छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १९, संस्थागत आईशोलेसनमा २२ र होम आईशोलेसनमा ४५८ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा १५ र होम आईशोलेसनमा ४९ रहेका छन् ।

नीलकण्ठमा ४२ र गंगाजमुनामा ३७ गरेर आज जिल्लामा ७९ स्वाब संकलन भएको छ । ९२ एनटीजेन परिक्षण मध्ये २९ पोजिटिभ आएको छ ।