धादिङका टिकट काउण्टर खुले तर बस छैनन्

Avatar photo
Dhadingpost
बुधबार, असार १६, २०७८

धादिङ असार १६ । जिल्ला प्रशासन कार्यालय धादिङले निशेधाज्ञा खुकुलो पार्दै आजबाट बिहान ६ बजे देखि साँझ ६ बजे सम्म सार्वजनिक यातायातका साधनहरु संचालन गर्न पाउने जनाए पनि धादिङबाट काठमाडौं चल्ले बसहरु बिहान ७ बजे सम्म एउटा पनि चलेनन् ।

धादिङको जिल्ला प्रसाशनले बस संचालन गर्न दिने बताए सँगै आज धादिङबेसीका टिकट काउण्टर खुलेपनि बस छैन । यस विषयमा ग्रामिण यातायात धादिङ प्रालिका अध्यक्ष राजेन्द्र अधिकारी भन्छन्, लकडाउनले गाडी थन्किए, पहिला त बस ग्यारेजमा लानु पर्ने र अर्को कारण धादिङ प्रशासनले बस चल्न दिने बताए पनि काठमाडौं प्रशासनले उपत्यका प्रवेस गर्न नदिने भएकोले बसहरु संचालनमा नआएका हुन् ।

धादिङबाट छुट्ने बसहरु धादिङ र काठमाडौंको सिमाना सम्म मात्रै चल्ने हुँदा पनी बस धनीहरु बस चलाउन पुर्ण तयारी नभएको अध्यक्ष अधिकारीले बताउँछन् ।

यस्तै ग्रामिण यातायत सहकारीको टिकट काउण्टरमा भेटिएका चन्द्र श्रेष्ठ काउण्टर चाहि खुलाएका छौं बस अनिवार्य चलाउनु पर्ने सवारी धनीलाई वाध्यकारी अवस्था नरहेको समेत बनाए । बस काठमाडौं जाँदैन झ्याप्ले खोला सम्म मात्रै भएकोले पनि बसहरु कम चल्ने उनले बताए ।