धादिङमा भोलीबाट सार्वजनिक बस चल्ने

Avatar photo
Dhadingpost
मङ्लबार, असार १५, २०७८

धादिङ असार १५ । धादिङमा भोली (बुधबार) देखि सार्वजनिक यातयातका साधनहरु चल्न पाउने भएका छन् ।

कोभिड व्यवस्थापन समितिको धादिङको मंगलबार सम्पन्न बैठकले जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक यातायातहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चल्न दिने निर्णय गरे सँगै भोलीबाट बस चल्न पाउने भएको हो ।

बैठकले जिल्लाभित्र सञ्चालन हुने जिप, कार डेलिभरी भ्यान र ट्याक्सीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चालक सहित बढिमा चारजना राख्न पाउने गरि चल्न पाउने निर्णय गरेको छ ।

जारी निषेधाज्ञालाई खुकुलो पार्दै बैठकले असार २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ । जसमा होटल तथा रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन र ब्युटीपार्लर भने बन्द नै रहने जनाईएको छ । फाईल फोटो

निर्णय जस्ताको तस्तै: