
धादिङ असार १४ । धादिङ जिल्लामा अझै ६४८ जना कोरोना संक्रमितहरु आईशोलेसरमा रहेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ७९ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार आज थप भएका कोरोना संक्रमितहरुमा नीलकण्ठमा ३२, धुनीबेसीमा ३, गजुरीमा २, ज्वालामुखीमा ६, त्रिपुरासुन्दरीमा ८, गंगाजमुनामा ४, नेत्रवाती डवजोङमा ३, थाक्रेमा ७, सिद्धलेकमा ६, रुबीभ्यालीमा ३ र धादिङ अस्पतालमा ५ गरी ७९ जना रहेका छन् ।
यो पछिल्लो २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको संख्या १४२ रहेको छ ।
जिल्ला भित्र ५८४ र जिल्ला बाहिर ६४ गरेर धादिङको सक्रिय केस ६४८ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा २६ र होम आईशोलेसनमा ५४५ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा १५ र होम आईशोलेसनमा ४९ रहेका छन् ।
गजुरीमा ९ र गंगाजमुनामा ३२ गरेर आज जिल्लामा ४१ स्वाब संकलन भएको छ । ११९ एनटीजेन परिक्षण मध्ये ४८ पोजिटिभ आएको छ ।