
धादिङ असार १३ । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको निधन भएको छ ।
लामो समय देखि सुगरको रोगी महासचिव डल्लाकोटीले मुटुमा समस्या आयो उपचारको लागि काठमाडौं जाँदै छु भनेर शनिबार अस्पतालमा जाँदै गर्दा जानकारी गराउनु भएको थियो ।
काठमाडौ स्थित मनमोहन अस्पतालमा उपचारको क्रममा आईतबार बिहान निधन भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले धादिङपोष्टलाई बताउनु भयो ।
