धादिङमा ४ दलिय गठबन्धनको वैठक प्रेस विज्ञप्ति जारी गर्दै सकियो

Avatar photo
Dhadingpost
शुक्रबार, असार ११, २०७८

धादिङ असार ११ । धादिङका ४ दल संम्मिलित गठबन्धनको बैठक विज्ञप्ति जारी गर्दै सकिएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समुह) र जसपा संम्मिलित गठबन्धनको अज सम्पन्न बैठकले विविध विषयमा छलफल गर्दै विज्ञप्ति जारी गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली पछिल्लो कदममा विरोध जनाउँदै आएको यस गठबन्धनले देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, धादिङलगायत देशका विभिन्न भागमा बाढीपहिरो, डुबानले पारेको क्षति, कोभिड- १९ रोकथाम, नियन्त्रण र उपचारमा भैरहेका गतिविधिलगायतका विषयमा गम्भीर छलफल गरेको बताईएको छ ।

विज्ञप्ती जस्ताको तस्तै