धादिङमा आज ७४ जना संक्रमित, ४४ जना डिस्चार्ज, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, असार १०, २०७८

धादिङ असार १० । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ७४ जना कोरोना संक्रमित थपिएको, ४४ जना डिस्चार्ज भएको र १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज स्.क्रमित हुनेमा नीकण्ठमा ३२, गल्छीमा २, गजुरीमा २, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा १, थाक्रेमा ६, रुबीभ्यालीमा ३ धादिङ अस्पतालमा १० र जिल्ला बाहिरको १२ गरी ७४ जना छन् ।

यहि अवधिमा नीलण्ठमा ५२ वर्षिय पुरुषको कोरोना संक्रमण पछि मृत्यु भएको छ । यो सँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

जिल्ला भित्र ७७७ र जिल्ला बाहिर ८१ गरेर धादिङको सक्रिय केस ८५८ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १०, संस्थागत आईशोलेसनमा २९ र होम आईशोलेसनमा ७३८ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २४ र होम आईशोलेसनमा ५७ रहेका छन् ।

धादिङमा आज स्वाब संकलन भएको छैन । १८५ एनटीजेन परिक्षण मध्ये २९ पोजिटिभ आएको छ ।