धादिङमा आज डिस्चार्ज ६६ जना, संक्रमित २३ जना थप

Avatar photo
Dhadingpost
बुधबार, असार ९, २०७८

धादिङ असार ९ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टामा ६६ जना कोरेना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने आजै २३ जना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङ दिएको जानकारी अनुसार आज थप भएका संक्रमितहरुमा धुनीबेसीमा २, थाक्रेमा ८, गंगाजमुनामा ३, बेनीघाट रोराङमा २, त्रिपुरासुन्दरीमा २, गल्छीमा १, सिद्धलेकमा १, रुबीभ्यालीमा ४ गरी २३ जना छन् ।

जिल्ला भित्र ७५९ र जिल्ला बाहिर ६९ गरेर धादिङमा कोरोना संक्रमितको सक्रिय केस ८२८ जना छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ११, संस्थागत आईशोलेसनमा २९ र होम आईशोलेसनमा ७१९ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा १९ र होम आईशोलेसनमा ५० जना रहेका छन् ।

जिल्लामा आज ४२ स्वाब संकलन भएको छ । ७१ एनटीजेन परिक्षण मध्ये २३ पोजिटिभ आएको छ ।