
धादिङ असार ९ । मालपोत कार्यालयधादिङले सूचना जारी गर्दै आजबाट जग्गा रोक्का तथा फुकुवाको मात्रै काम हुने सेवाग्राहीलाई जानकारी दिएको छ ।
कोभिड रोकथाम र नियन्त्रणका लागि असार ९ गते देखि जग्गा रोक्का तथा फुकुवाको मात्रै काम हुने र लेखापढी व्यवसायी र भु-सेवा केन्द्रबाट लिखित रुपमा अनुरोध भएका कामका सेवाग्राहीलाई मात्रै कार्यालय हाता भित्र प्रवेस गर्न दिईने मालपोत धादिङले जनाएको छ ।
