
धादिङ असार ८ । धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक गरिएको वजेटमा १ अर्ब २ करोड १२ लाख बजेट बिनियोजन गरेको छ । चालुतर्फ ७३ करोड ९२ लाख र पुँजिगततर्फ २८ करोड २० लाख विनियोजन गरिएको छ ।
यो अघिल्लो आर्थिक वर्षको भन्दा ९ करोडले कम हो । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ११ करोड ५५ लाखको बजेट ल्याएको थियो । आर्थिक विकासतर्फ कृषि तथा पशुको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । स्वास्थ्य क्षेत्रमा ७ करोड ४१ लाख, शिक्षामा २६ करोड ६१ लाख, पूर्वाधार तर्फ कुल २६ करोड ७० लाख कोरोना रोकथाम तथा उपचार कोषमा १ करोड बजेट विनियोजन गरिएको छ ।

